धनगढी, ३१ साउन/सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षमा गौशाला निर्माणको लागी ९० लाख खर्च गरेको छ । कैलालीमा दुई र कन्चनपुरमा तीन गरी निर्माण गरिएका गौशालामा उक्त रकम खर्च भएको हो । प्रदेश सरकारको कृषी तथा सहकारी मन्त्रालयले १ करोड बजेट छुट्याएको मा ९० लाख खर्च भएको मा १० लाख फ्रिज गएको छ ।
धनगढी उपमहानगरपालिकामा ३ मा रहेको गौ संरक्षण समिती, बर्दगोरिया ४ मा रहेको हाम्रो हात किसानको साथ संस्थालाई बजेट निकासा गरेको हो । यस्तै कन्चनपुरको शुक्लाफांटा नगरपालिका वडा नम्बर ८, भिमदत्त नगरपालिका ९ मा रहेको महाकाली गौ सेवा अनुस्न्धान केन्द्र ,बेल्डाडीको बागेस्वरी उप्भोक्ता समिती , कृष्णपुर नगरपालिका ३ को समाबेशी कटान उपभोक्ता समिती मा गौशाला निर्माणको लागी मन्त्रालय सो रकम खर्च गरेको छ । सबै भन्दा बढी धनगढी उपमहानगरपालिकामा ३ मा रहेको गौ संरक्षण समितीलाई २५ लाख रकम दिइएको छ ।
मन्त्रालयका पशु बिभागका प्रमुख डा. हेमराज अवस्थीले सबै ठाउँमा गौशालाहरु मन्त्रालयले दिएको मापदण्ड अनुसार संचालनमा आएको जानकारी दिए । उनले सबै गौशालामा ५० देखी १०० गाई पशु चौपाया आहारा सहित राखिएको छ । उनले खोर टहरा बनाउन सरकार ले अनुदान दिएको बताए । गौशाला निर्माण भएका ठाउँमा सम्बन्धित समितीले कम्तीमा डेढ बिगाहमा घाँस पनि लगाउनु पर्ने योजना अनुरुप मन्त्रालयले बजेट दिएको अबस्थीले बताए ।