धनगढी, ३१ साउन/ झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजू नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गएको साउन २० गते राति बिरामी भाउजूलाई भगवती र आफूलाई शिव भगवान बनाएर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। आफु बिरामी भएको र देवरले ुआफूले फुकेपछि मात्र निको हुनेु भन्दै एक्लै कोठामा राखी रातको समयमा बलात्कार गरेको पीडितले बताइएकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डर(त्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। पीडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताए।
झारफुक भन्दै बलात्कार गर्ने पक्राउ
झारफुक भन्दै बलात्कार गर्ने पक्राउ
