धनगढी, ३० साउन/क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी राधादेबी ओडका परिवारलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १० लाख सहयोग दिने भएको छ । बिहीबार पीडित परिवार सहितको छलफलमा ओडकी १२ महिनाकी छोरीको खातामा सहयोग रकम जम्मा गर्ने सहमति भएको हो । यहि मंगलबार कृष्णपुर ६ स्थित महाकाली माविको क्वारेन्टिनमा नुहाउने क्रममा करेन्ट लागेर २३ वर्षिया ओडको मृत्यु भएको थियो ।
नगरपालिकाले सहयोगसंगै ओडका श्रीमानलाई उनको योग्यताका आधारमा कार्यालयमा जागिर दिने सहमति गरेको छ । कृष्णपुरका मेयर कर्ण बहादुर हमाल तथा पीडित परिवारका आफन्त देबराम ओड लगायतका स्थानिय बसेर यस्तो सम्जmौता भएको कृष्णपुर नगरपालिकाले जनाएको छ ।