धनगढी, २९ साउन/ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा बिहिवार भएको परिक्षणमा ४२, ४२ र ४४ बर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको बताए । संक्रमण पुष्टि भएका प्रहरी अहिले आईसोलेसनमा रहेका छन्।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई १५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।