धनगढी, २९ साउन- विधी र पद्धतीको कुरा उठाएकै कारण आफ्नो केन्द्रिय नेतृत्वलाई झुटो मुद्धा लगाएको भन्दै प्रजातन्त्रवादी प्रध्यापक संघ कैलालीले बिरोध जनाएको छ ।
प्रजातन्त्रवादी प्रध्यापक संघ कैलाली र जिल्लामा रहेका क्याम्पस इकाई प्रध्यापक संघले संयुक्त विज्ञप्ती मार्फत ऐन, नियम, विधी र पद्धतीको कुरो उठाएका कारण प्रजातन्त्रवादी प्रध्यापक संघका केन्द्रिय अध्यक्ष सह प्रध्यापक जगत तिमिल्सेना र महासचिव सह प्रध्यापक राजेन्द्र गौतमलाई झुटो मुद्धा लगाएको भन्दै विरोध जनाएका छन् ।
प्रजातन्त्रवादी प्रध्यापक संघ कैलालीका अध्यक्ष मिन कुँवरले केन्द्रिय नेतृत्वले विश्वविद्यालयका गतिविधी विधी पद्धती अनुसार संचालन हुनुपर्छ भनेर अवाज उठाउदै आएको बताए । उनले भने, पूर्वाग्रही ढंगले मुद्धा लगाउने कार्यको घोर निन्दा र भत्सना गर्दछौं ।