विराटनगर। प्रदेश नं १ की प्रदेशसभा सदस्य कुशुम श्रेष्ठ कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य श्रेष्ठ बुधबार कोरोनाबाट संक्रमण भएको पुष्टि भएको हो। उनी सुनसरीको इटहरीमा बस्दै आएकी थिइन्।
श्रेष्ठ कोरोनाबाट संक्रमित भएको प्रदेश नं को सामाजिक विकास मन्त्रालयले जनाएको छ । श्रेष्ठका श्रीमानमा समेत कोरोना संक्रमण देखिएको बताइएको छ।
