धनगढी, २८ साउन/ दारी ग्याङ धनगढी र ग्रिन क्लिन धनगढीले वातावरण संरक्षण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस २०७७ को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । धनगढी उप–महानगरपालिका–६ जाईमा रहेको भैरब मन्दिर परिसरमा भैरबकालि युवा क्लब जाईको सहयोगमा वृक्षारोपण कार्यक्रम आयोजना गर्यो ।
दारी ग्याङ धनगढीका अध्यक्ष दिनेश बोहराले “विश्व अभियानका लागि युवा सहभागीता रोजगारी प्रवद्धन र वातावरण संरक्षणमा मा युवा संलग्नता” भन्ने नाराका साथ वृक्षारोपण कार्यक्रम गरेको बताए । मन्दीर परिसरमा कागति र कल्लकिका बिरुवा रोपिएको र रेखदेखको लागि स्थानीय भैरबकालि क्लबलाई जिम्मा दिएको बताए ।
