कञ्चनपुर, २८ साउन/कञ्चनपुरमा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका बेला करेन्ट लागेर मृत्यु भएकी युवतीको कोरोना परीक्षण गरिने भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका वडा नम्बर ६ की राधा वडको स्वाब संकलन गरी परीक्षण गरिने बताए ।
वड मंगलबार मात्र श्रीमानसँगै भारतको बैङ्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन् ।
उनलाई नुहाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेको थियो। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।