• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलाको खलंगा–खार–देथला सडकखण्ड दुईतर्फी अवरुद्ध

दार्चुला । दार्चुलाको खार–खलंगा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलंगा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलंगा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

यही साउन ५ गते आएको बाढी पहिरोका कारण खार–खलंगा–देथला सडक अवरुद्ध भएको हो । सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ । प्रदेशको भौतिक पूर्वाधार कार्यालयअन्तर्गगत पूर्वाधार विकास कार्यालय बैतडीले यो सडक हेर्ने गर्छ ।

सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ । अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

खलंगा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इन्जिनीयर दीपेन्द्र धानुकले बताए । ‘अवरुद्ध सडकको सर्वेक्षण गरेका छौँ,’ उनले भने, ‘छिट्टै बाटो खुलाउने प्रयास हुन्छ । सडक पूर्णरूपमा सञ्चालन गर्न भने केही समय लाग्छ ।’

उनका अनुसार भत्किएको सडकखण्डको मूल्याङ्कन भइसकेको छ । ‘कार्यालयमा पेश गर्ने तयारी छ । कुनै ठाउँमा पर्खाल लगाउनुपर्ने र थप ब्याक कटिङ गर्नुपर्ने अवस्था देखिन्छ ।’ धेरै ठाउँमा पर्खाल लगाएर पनि बाटो सञ्चालन गर्नुपर्ने अवस्था देखिएको धानुकले बताए ।

काटैभन्दा माथिल्लो क्षेत्रमा सडकमा कम क्षति पुगेको छ । खलंगा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम सुरु भएको अवस्थामा अवरुद्ध भएको हो । यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले १८ करोड रुपैयाँमा कालोपत्रको ठेक्का पाएको छ ।

यस्तै देथला हुँदै खार–खलंगा जोड्ने गरी कालोपत्रे भइरहेको छ । देथलादेखि माथिल्लो क्षेत्रमा छ किलोमिटर कालोपत्र भइसकेको अवस्थामा यो क्षेत्र पनि ठाउँठाउँमा खहरे खोला र पहिराले सडक अवरुद्ध भएको सव इन्जिनीयर धानुक बताउँछन् । ‘दुवैतर्फ सडक खुलाउन तत्काल प्रक्रिया अघि बढाउँछौँ’, उनले भने । सडक नहुँदा नौगाडमा भाडादर महँगो हुँदै जाँदा खाद्यान्नको मूल्यसमेत चर्को हुन थालेको छ ।

खलंगा–खार सडकखण्डको काटैसम्म बढी अवरुद्ध छ । उता नौगाड गाउँपालिकाको धुलीगडा, जामिर, खार, दल्लेख क्षेत्रमा सडक बढी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

अहिले सडक दुवैतर्फ अवरुद्ध छ । सडक नहुँदा अहिले पूरै नौगाडबासीलाई हिँडडुलमा समस्या भएको अध्यक्ष धामीको भनाइ छ । यो सडक प्रदेशको भौतिक मन्त्रालयले हेर्दै आएको छ । स्थानीय तहले खनेका सडक पनि अवरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको अध्यक्ष धामीले बताए ।

उता देथला–खार–खलंगा सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ । जीरो प्वाइन्ट मानिने कर्कलेभन्दा माथि देथला र सुन्दरपुर खण्डको दुई मिलोमिटर सड्कमा खहरे खोला बग्न थालेपछि यो सडकखण्ड जीर्ण बन्दै गएको हो । यो सडकखण्डका चार÷पाँच वटा खहरे खोला सडकमै बग्दा जोखिमसमेत बढेको स्थानीयवासी बताउँछन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा कालोपत्रे उप्किन, भत्किन र खहरे खोला सडकखण्डको बीचबीचमा बग्न थाले पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । सडक कटानले ठाउँठाउँमा पहिरोको जोखिम पनि बढ्दै गएको छ ।

दार्चुला सदरमुकाम खलंगालाई जोड्ने सबैभन्दा छोटो सडकको रूपमा देथला–खार–खलंगा सडक निर्माण सुरु गरिएको हो । यो सडक ग्वाल्लेक बज्रगुरु जेभीले निर्माणको जिम्मा पाएको छ । शैल्यशिखर नगरपालिका–३ कर्कलेदेखि निर्माण सुरु गरिएको कालोपत्रे सडकखण्डको अति आश्वयक खण्डमा समेत पर्खाल निर्माण नगरेको, आरसीसी ढलान नगरेको, निर्माण सामग्री कमसल प्रयोग गरेकोलगायतका आरोप स्थानीयबासिन्दाले लगाएका छन् ।

ग्वाल्लेक बज्रगुरुले निर्माण गर्ने जिम्मा पाएको छ किलोमिटर लामो सडकमा खहरे खोलाको निकास व्यवस्थापन नगरिँदा खोलाको पानी कालोपत्रे मार्ग भएर बग्न थालेको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएका हुनाले नवनिर्मित सडकखण्ड यो अवस्थामा पुगेको स्थानीय हिक्मत चन्दले बताए । स्थानीयवासीले कमसल सामग्री प्रयोग गरेर सडक निर्माण गरिएको बारेमा पटकपटक विरोध गरिसकेका छन् । सम्बन्धित कार्यालयका प्रविधिकहरु पनि सुटुक्क आउनेजाने गरेकाले सबैमाथि शंका उब्जेको चन्दले बताए ।

निर्माण कम्पनीका साइट इन्जिनीयर रामप्रसाद भुषालले योजनाको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । कतिपय ठाउँमा गर्नुपर्ने कार्य नसकेको उनले बताए । उनले भने, ‘हामीले पाएको परिमाणसबै सिद्धियो । इस्टिमेटमा भएको परिमाणभित्र रहेर मात्र कम्पनीले काम गर्ने हो ।’ केही ठाउँमा आरसीसी र पर्खाल निर्माण गर्ने कार्य मात्र बाँकी रहेको भुषालले बताए ।

पूर्वाधार विकास कार्यालयले भने नियमित नाली सफा गर्न नमिलेकाले सडकमा पानी पसेको जनाएको छ । पानीले कालोपत्रेलाई क्षति पुर्‍याएको छ । कतिपय ठाउँमा नाली निर्माण नगरिएकाले यस्तो अवस्था सिर्जना भएको हो । बिग्रिएको र टुटफुट भएको सडकखण्ड पुनः निर्माण गर्न लगाउने धानुक बताउँछन् ।

बुधबार, साउन २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

Recent Posts

  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.