धनगढी २८, साउन–कञ्चनपुरमा महाकाली सिँचाइको नहर भत्किएर दुई दर्जन घर डुवानमा परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटस्थित सिँचाई कार्यालय नजिक मंगलबार बिहान अचानक नहर भत्किादा दुई दर्जन बढी घर डुवानमा परेका हुन्। बेलौरी नगरपालिका १० का अध्यक्ष होरीलाल चौधरीले घरहरु डुबान परे पनि समयमा पानी रोकिएकाले अन्य क्षति हुन नपाएको बताए।
उनले नहर भत्किए लगत्तै नहरमा पानी बन्द गरीएको बताए। ‘त्यसले डुबान भए पनि क्षति हुन पाएन।’ उनले भने। घरहरु डुबानमा परेपछि वडाध्यक्ष चौधरीको नेतृत्वमा उद्धार गरिएको थियो। नगरपालिकाले जेसिभी लगाएर भत्किएको नहर मर्मत गरेको छ। बेलौरीका मेयर पोतिलाल चौधरी, नगर प्रवक्ता विनोद नेपाली लगायतले नहरको स्थलगत निरीक्षण गरेका छन्।