धनगढी, २७ साउन/एनसेल आजीयाटा लिमिटेडले मंगलबारदेखि नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन सुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा सुरु गरिएको जनाएको छ ।
भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका लागि विभिन्न प्याकेज समेत सार्वजनिक गरेको छ । हाल एनसेलको यो सेवा ४० भन्दा बढी जिल्लामा उपलब्ध रहेको छ ।
प्रदेश जिल्ला
१ : इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ
२ : महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा, सप्तरी, सिराहा
बाग्मती : रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर, चितवन
गण्डकी : तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, गोरखा
५ : पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाची, नवलपरासी, दाङ, प्युठान
कर्णाली : रोल्पा, सल्यान
सुदूरपश्चिम : कैलाली, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला
सुदूरपश्चिमका ६ जिल्लामा एनसेलको फ्री वाईफाई सुविधा सुरु
सुदूरपश्चिमका ६ जिल्लामा एनसेलको फ्री वाईफाई सुविधा सुरु