धनगढी, २७ साउन/बाजुराको त्रिबेणी नगरपालिका–८ कालापानी बुढीगंगा नदिको छेउमा एक जना बालिकाको शव फेला परेको छ। अन्दाजी दुई बषिया बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्सपेक्टर दानबहादुर रोकायाले जानकारी दिए। आज बिहान स्थानिय ब्यापारीले बालिकाको शव देखे पछि प्रहरीलाई खबर गरेका थिए।
बालिकाको शव कसको हो भन्ने बारे सनाखत हुन सकेको छैन । अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।