भोज मन्नी
मसुरिया २७ साउन- बर्षा याममा लगाएको धानमा युरिया छर्न नपाएपछि निरास भएका किसानहरु मल पाएपछि केही राहत भएको छ । धेरै समय पछि मल आएपछि मल पाउने आशमा किसानहरु खुशी भएका छन् । उनीहरु मल बितरण हुने डिपोमा लाम लागेका छन् ।
गौरीगंगा नगरपालिका वडा न ९ स्थिति साझाबजरमा रहेको एकता जैविक विविधता कृषि सहकारी संस्था लिमिटेडमा लामो समयमापछि मल आएको छ । साउन २७ गते बिहान मात्र ८० कट्टा युरिया मल आएको एकता जैविक विविधता सहकारी संस्थाका अध्यक्ष भक्तिराम सापकोटाले वताए ।
मल आएको थाहापाएछि किसानहरु विहानैदेखि कृषकहरु सहकारीमा संस्थामा विहानैदेखि लाईन लागेका हुन । गौरीगंगा नगरपालिका वडा न ७ का कृषक रामचरणले १ कट्टा मल पाएपछी खुशी भएको वताए ।
मल थोरै आएकोले लाइन लागेका धेरै कृषकहरुले युरिया मल नपाएपछि रित्तै घर फर्केका छ्न । धान पसाउने बेला भैइसक्यो डेढ बिगाहा खेतमा मल छर्नु बाकी छ मल नपाएपछि रित्तै घर फर्किनु परेको वडा न ११ का कृषक गया प्रसाद चौधरीले वताए । वडा न ९ का अर्का कृषक जीत बहादुर ताडी पनि २ विगाहा खेतमा मल छर्नु रहेको वताए ।
