धनगढी, २६ साउन/ हात्तीको बथानले बेदकोट नगरपालिका–१ हात्तीथालामा धानबालीमा क्षति गरेको छ । हात्तीको बथानले १ विघामा लगाइएको धानबालीमा क्षति गरेको हो ।
स्थानीय गणेश धामी र देवबहादुर बोहराको खेतमा लगाइएको धानबालीमा क्षति गरेका बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले बताए । ‘हात्तीको बथानले प्रत्येक वर्ष हात्तीथाला गाउँमा क्षति गर्दै आएको छ,’ उनले भने, ‘हात्तीले १ विघामा लगाइएको धानबालीमा क्षति गर्यो ।
हात्तीको बथानले मेस वायर समेत भत्काएको उनी बताउँछन् । ‘यस वर्ष साउनमै हात्ती बस्तीमा पस्यो,’ उनले भने, ‘विगतका वर्षमा भदौ, असोजमा हात्ती खेतबारीमा आथ्यो, यस वर्ष चाडो आयो ।’
जंगल नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन उनले आग्रह गरे । ‘हात्तीले गर्ने क्षति कम गर्नका लागि जंगल नजिकका बस्तीमा उच्च सतर्कता अपनाउनु जरुरी छ,’ उनले भने, ‘बजारमा पटाका पनि छैन्, उच्च सतर्कता अपनाऔं ।’
हात्तीको बथान गाउँ पस्यो, १ विघामा लगाइएको धानबालीमा क्षति
हात्तीको बथान गाउँ पस्यो, १ विघामा लगाइएको धानबालीमा क्षति
