अछम, २६ साउन/अछामको साफेबगर नगर पालिका ७ मोतिपुर कक्ड्सात कालराजी नदि कटानको उच्च जोखिममा परेको छ । लगातार दुई दिन सम्म परेको अबिरल बर्षाको कारण बुढिगंगा नदिमा बडेको पानीको बहाबले १ सय ५० रोपनि जग्गा कटान गरि ठुलो क्षति पुर्याएको छ । नदिले कटान तिब्र पारे पछि स्थानिय त्रसित बनेका छन । स्थानिय निर्मल कोलिले बुढि गंगा नदिले मोतिपुर कटान गरेर ककडसातमा रहेको करिब ९६ घरधुरिका ७ सय जनाको बस्ति नै जोखिममा परेको बताए ।
नदिले अहिले रहेको र कालराजि मोतिपुरको करिब १५० रोपनि जग्गा बगाए पछि उजाड नै गरि स्थानिय बासिलाई सम्स्या भएको छ । सोही ठाउमा गत आर्थिक बर्ष २०७५/०७६ मा प्रदेश सरकारको पहलबाट ५० लाख बराबरको तटबन्ध समेत गरिएको थियो । उक्त तबन्धन समेत बगाएको स्थानियले जानकरी दिएका छ्न ।

