धनगढी २६, साउन- बाजुरामा बुढीगंगा नदीले बगाउँदा बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्षकी आमा बेपत्ता भएकी छन्।
अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो।
सोमबार बिहान नदीले घर बगाउँदा ६५ बर्षिया आमा अइसेनी बेपत्ता भएकी प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाले बताए। उनले बेपत्ता महतको खोजी कार्य जारीरहेको बताए। बाढीले वडा नम्बर २ को घागर बस्तीका धेरै घरमा क्षति पुगाएको बताइएको छ। तर क्षतिको विवरण भने प्राप्त भएको छैन।