कैलाली, २५ साउन/ शुक्रबार “सार्वजनिक सम्पत्तिको दुरुपयोग, बिद्यालय सोलारको लाइन शिक्षकले लिए आफ्नो घर” भन्ने शिर्षकमा सुदूरपत्र अनलाइनमा समाचार प्रकाशन पछि, शिक्षकहरुले घरमा लगेको सोलार लाइन काटेका छन् । उक्त समाचार प्रकाशन गरे संगै प्रहरी कार्यालय बुगंल नगरपालिका झापाको टोलीले उक्त विद्यालयको अनुगमन गरेको छ ।
बझाङको केदारस्यु गाउँपालिका–५ मा रहेको श्री रत्न माध्यामिक विद्यालयको सोलार स्थानीय शिक्षकहरुले आ–आफनो घरमा लगेको समाचार प्रकाशन भएको थियो ।
समितीको निणर्य अनुसार जडान गरेको दाबी
शिक्षकहरुले विद्यालय व्यवस्थापन समितीको निर्णय अनुसारनै सोलार लाइन घरमा जडान गरेको दाबी गरेका छन् । व्यवस्थापन समिती अध्यक्ष धन बहादुरको अध्यक्षतामा मिती २०७५ जेठ २३ गते बसेको बैठ्कले शिक्षकलाई सोलार लाइन् घरमा जडान गर्न दिने निर्णय गरेको थियो । विद्यालयमा २६ सय वाटको सोलार जडान गरिएको छ ।
विद्यालयको सोलार व्यक्तिगत प्रयोजनको लागी आफ्नो घरमा लगेका स्थानियको गुनासो पछि सुदूरपत्र अनलाइनले समाचार प्रकाशन गरेको थियो । बिद्यालयका जिम्मेवार व्यक्तिलेनै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न नहुने स्थानियको गुनासो छ ।

