धनगढी,२५ साउन/ इजाजत पत्र विना खाना पकाउने एलपी ग्यास बिक्री गरेपछि धनगढीको एक किराना पसलले १५ हजार जरीवाना तिरेको छ ।
धनगढी उपमहानगरपालिका ३ मा रहेको सिगास किराना पसल लाई इजाजत बिना एलपी ग्यास बेचेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले १५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रमुख कमल पुनले बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय आइतबार धनगढीको १ र ३ नम्बर वडाका ६ वटा किनारा पसलमा अनुगमन गरेको थियो ।
