प्रा. हेम राज पन्त / म कलेजमा पढदा भारत वाट निस्किने व्लिज भन्ने पत्रिका नेपालमा खुव प्रचलित थियो । पंचायत कालको सुचनामा सेन्सरसिप भएको समयमा वेलुकि आउने वि.वि.सि. को समाचार र भारत वाट आउने पत्रिकाहरुनै काठमाण्डौको शिक्षित वर्गको लागि सुचनाको माध्यम थिए । भारत वाट प्लेनमा आउने पत्रिकाहरु सेन्सर भएर दिउसो र तिन वजे तिर नयाँ सडकको सन्देश गृहमा पुग्थे । मानिसको भिड पहिले देखिनै प्रतिक्षरत हुन्थो । पत्रिकाको पोकाहरु आउना साथ किन्ने मान्छे हरुको भिड लाग्थ्यो । पत्रिका हात पारेका मानिस भिड वाट विजेता जस्ते भएर वाहिर निस्किन्थे ।
२०२८ सालमा राजा विरेन्द्र को राज्याभिषेक हुदा नेपाल जस्तो गरीव देशले युरोप वाट फुल मगायो भनेर व्लिजमा राजा विरेन्द्रको आलोचना लेखेपछि नेपालमा व्लिज प्रतिवन्धित भयो । त्यसवेला भारतमा ईन्दिरा गान्धिको शासन कालमा सवै पत्रिका ईन्दिरा गान्धि को गुण गान गरेका समाचार छाप्थ । हिजो आजका भारतका गोदि मिडिया हरुले मोदिको गुणगान गरे जस्तै व्लिज मात्र यस्तो पत्रिका थियो जसले ईन्दिरा गान्धिका को शासनमा भएका गलत कुरा हरुको समाचार वनाएको हुन्थ्यो ।
व्लिजका सम्पादक त्यस वेलाका प्रख्यात खोजि पत्रकार रुसि करन्जिया थिए । पत्रिका वम्वई वाट साप्ताहिक रुपमा निस्किन्थ्यो । व्लिजमा नेपालमा प्रतिवन्धित भारतमा निर्वासनमा वसेका राजनितक दरका नेताहरु र पंचायत व्यवस्थामा हुने विभिन्न काण्डहरु वारे समय समयमा समाचार छापएिको हुन्थ्यो ।
वाहिर वाट काढमाण्डौ जाने विद्यार्थिहरु भारत पगेपछि सव भन्दा पहिले नेपालमा पढन नपाईने पत्र पत्रिका किन्थे। । त्यसमा व्लिज पनि हुन्थ्यो । सवभन्दा पहिले रेलवेको वुक स्टलमा व्लिज किन्ने काम हुन्यो । तर पलिया, मैलानीको स्टेशनमा पाईदैनथ्यो । लखनउ स्टेसनमा पुगे पछि व्लिज हातमा समातेर प्लेटफर्ममा घुम्दा के के न गरे जस्तो लाग्थ्यो । किनकि नेपालमा यो पत्रिका प्रति वन्धित थियो । विरगन्ज भन्सारमा नेपालको पुलिसले सव भन्दा पहिले तपाईहरु संग व्लिज त छैन भनेर झोला खोतल्थे। कसै कसै ले लुकाएर ल्याउन पनि सक्थे । किनकि नेपालमा त्यस्ता पत्रिकाको ठुलो महत्व हुन्थ्यो । एक पटक मलार्ई सम्झना छ हामि केहि विद्यार्थिहरु काठमाण्डौ जादा पुलिसले समात्ला भनेर रक्सौलमा केहि फलफुल किनि तिन चार थान व्लिज पत्रिकाले लपेटेर झोलामा राखेर लगेका थियौं ।
काठमाण्डैमा पत्रिया ल्याउको छ भने पछि पढन माग्नेहरु खोज्दै आउथे । त्यसका सम्पादक रुसि करन्जीया नामुद पत्रकार थिए । अरु पत्रकारले छाप्न हिम्मत नगर्ने समाचार छाप्थे । करन्जिया मुलत खोजि पत्रकार थिए । एक पटक भारतिय नौ सेनाले आफनो वार्षिकोत्सव को उपलक्षमा एउटा समाचार फिचर वनाएर सवै पत्रीकामा छाप्न अनुरोध गरि पठाएको रहेछ । सवै पत्रिकामा छापियो तर करन्जियाले व्लिजमा छापेनन । किन नछापेको भनेर नौसेना वाट पत्र आएछ । उनले जवाफ दिएछन कि म आफु आश्वस्त नभएको विषयमा समाचार छाप्दैन । यदि नैसेनाले मलाइृ नौसेनाको जहाजमा जाने अनुमति दिएमा म त्यहाँ गएर आफै हेर्दछु अनि मात्र समाचार वनाउछु भने जवाफ दिएछन ।
पत्रकारलाई नौसेनिक जहाजमा जाने र फोटा ेखिच्ने अनुमति थिएन । तर नौसेनाले उनलाई वम्वई नजिकको समुद्रमा अभ्यास गरि रहेको नौसैेनिक जहाजमा जाने विशेष अनुमति दियो । सेनाकै हेलिकोप्टरमा उनि जहाजमा गए। सेनाले उनलाई भारतिय नौ सेनाले एउटा समुद्रि जहाज वाट अर्को समुद्रि जहाजा डोरिको सहायताले सैनिकहरु तथा उपहरण ओसार पसार गर्ने क्षमताको भारतमा पनि विकास भईसक्यो भन्ने समाचार लाई हाईलाईट गरेर छाप्न अनुरोध गरेछन । तर करन्जियाले म आफु पनि एक पटक अरु सै्रनिकले जस्तै डोरिको सहायताले अर्को जहाजमा जान चाहन्छु भनेछन । सेना को नियम अनुसार अरु मानिस लाई त्यसो गर्ने अनुमति थिएन। तर करन्जियको अनुरोघ लाई स्विकार गरेर विशेष सुरक्षाको प्रवन्ध गरेर डोरि वाट अर्को जहाजमा जान दिनु भन्ने आदेश आए पछि उनि पनि अरु सनिकझै डोरिमा भुण्डीएर अर्को जाहजमा पुगेछन । त्यपछि उनले भारतिय नौसेना वारे आफ्नो अनुभव सहितको एउटा विषेसांक नै निकाले ।
आफ्नो समयमा उनि खोजि पत्रकारिताको प्रतिक नै थिए । खोजि पत्रकारित वास्तमै गारो कामहो । देशमा चार्रैतिर भ्रष्टाचार र अनियमितता भईरहेको परिवेशमा खोजि पत्रकारिताको ठुलो महत्व छ । नेपालम एका तर्फ केहि खोजि पत्रकार हरुले राम्रो काम गरिरहेका छन भने अर्को तर्फ घरवाट वाहिर ननिस्केर अलि कति पनि अध्ययन अनुसंन्धान नगरेर,विषय वस्तु नवुझेरै अर्काको सामचार कपि गरेको भरमा पत्रकार भएका पनि छन । करन्जिया वाट उनिहरु पाठ सिक्न सक्छन।