धनगढी, २४ साउन/बझाङका पहिरो पीडितका लागी कैलालीमा संकलन गरिएको राहत रकम हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेस कैलाली बझाङ सम्पर्क समिति र बझाङ सेवा समितिले संयूक्त रुपमा संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको हो ।
सम्पर्क समितिका सभापति सूर्यप्रकाश जोशीका अनुसार कैलालीबाट तीन लाख १५ हजार राहत रकम संकलन गरिएको थियो । सो रकम शनिबार एक समारोहको आयोजना गर्दै बझाङको केदारस्यू र मस्टा गाउँपालिकाका पहिरो पीडितलाई प्रदान गर्न हष्तान्तरण गरिएको छ ।
सम्पर्क समितिका उपाध्यक्ष नरेश थापाले केदारस्यूमा दुई लाख ३५ हजार र मष्टाका बाढीपहिरो पीडितलाई ८० हजार वितरण गरिने जानकारी दिए । सुर्य प्रकास जोशी, नरेश थापा, ज्योती प्रकास जोशी, रबि थापा , पदम थापा, जनक दौल्याल, बिस्नु दौल्याल, अङत भण्डारी, गोकुल पन्डित, हरेन्द्र ऐडिको सक्रियतामा राहत रकम संकलन गरिएको थियो ।
पहिरो पीडितलाई राहत रकम हस्तान्तरण
पहिरो पीडितलाई राहत रकम हस्तान्तरण