कैलाली, २४ साउन/राज्य पुर्नसंरचना सहित ११ प्रदेशको माग राख्दै आन्दोलन गर्दै आएको थारुहट÷थारुवान राष्ट्रिय मोर्चा कैलालीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी विरोध सभा देखी सशक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा साउन २५ गते प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने, भदौ २ गते मानव अधिकार तथा नागरिक अगुवाहरुसंग धनगढीमा बृहत अन्तरक्रिया गर्ने, भदौ ७ गते टीकापुर थारुहट विद्रोहलाई स्मरण गर्दै देशव्यापी विरोध सभा गर्ने कार्यक्रम रहेका छन् ।
यस्तै भदौ ८ गते टीकापुरमा भएको थारुहरुको घर पसल, व्यवसायीक केन्द्र, सञ्चारगृहमा भएको आगजनी, तोडफोड, लुटपाट एवम प्रसाशनको विरुद्ध कालो दिनको रुपमा देशव्यापी विरोध प्रर्दशन गर्ने, असोज ३ गते नेपालको संविधानको विभेदकारी धाराहरु काठ्माडौं सहित देशव्यापी रुपमा जलाउने र माग पुरा नभए दशै तिहार पछि सशक्त रुपमा निर्णायक आन्दोलन गर्ने कार्यक्रमहरु मोर्चाले घोषणा गरेको छ ।
वि.सं. २०७२ साल भदौ ८ गते कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने मोर्चाको मुख्य माग छ । टीकापुर घटनामा दोषी ठहरिएका सासंद रेशम चौधरी लगाएत अन्य १० जनालाई तीन महिनाभित्र स–सम्मान रिहाई गर्नुपर्ने मोर्चा माग राखेको छ ।
यस्तै उनिहरुलाई रिहाई नगरिए वर्तमान सरकारका मन्त्रीहरु र उनी निकट सासंदहरुलाई थारुहट क्षेत्रमा प्रवेश निषेध र सामाजिक बहिष्कार गर्ने मोर्चाले जनाएको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले आन्दोलन र संर्घषका कार्यक्रम कोरोना भाईरस (कोभिड–१९) को महामारीले नरोक्ने बताएका छन् । उनले भने–‘कोभिड–१९ ले जनतालाई अपराधिका विरुद्ध नलड् भन्दैन्, अपराधिका विरुद्ध चुपचाप लाग भन्दैन ।’ सरकारको भ्रष्ट कार्यशैली र तानाशाह प्रवृतीका विरुद्धमा सुरक्षा सावधानिका उपाय अपनाउदै सघंर्षका कार्यक्रम अगाडी बढाउने उनले बताए ।
यस्तै जनता समाजवादी पार्टीकी प्रदेश सासंद मालमती रानाले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण र बाढी पहिरो पिडीतलाई व्यवस्थापन गर्न सरकार पुर्ण असफल भएको बताइन् । उनले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरी सहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्न समेत सरकारलाई आग्रह गरिन् ।
थारुहट/थारुवानद्धारा देशव्यापी विरोध सभाका कार्यक्रम घोषणा, कोरोनाले नरोक्ने
थारुहट/थारुवानद्धारा देशव्यापी विरोध सभाका कार्यक्रम घोषणा, कोरोनाले नरोक्ने