• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतबाट आएकाहरू सोझै घर जान थाले, संक्रमण भयावह

धनगढी, २४ साउन/कैलालीको लम्की चुहा नगरपालिका–६ प्रतापपुरकी भावना विष्ट शुक्रबार परिवारसँग भारतको मुम्बइबाट नेपाल आइपुगिन् ।

भारतमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको भयावह हुन थालेपछि उनी काखे बालक च्यापेर नेपाल आएको बताइन् । ‘हामी बसेको ठाउँमा धेरै संक्रमित थिए । बाहिर निस्किन पनि डर थियो । त्यसले आयौ‌ं’ उनले भनिन् । गाडीमा एउटा सिटमा ५र६ जना राख्यो, त्यहीँ डर लाग्यो ।’ अब घर गएर होम क्वारेन्टिनमा बस्ने उनको योजना छ ।
कञ्चनपुर पुनर्बासकै राधिका रावल पनि परिवारसहित शुक्रबार दिल्लीबाट घर आइन् । ‘घरमै सुरक्षित ढङ्गले बस्छौं’ उनी भन्छिन्, ‘तत्काल अरुसँग भेटघाट गर्दैनौं ।’
भवना र राधिका जस्तै धेरै नागरिक शुक्रबार कैलालीको गौरिफन्टा नाकामा नेपाल प्रवेश गरेका छन् । उनीहरु सोझै घर जाने योजना रहेको बताउँछन् ।
विगतमा स्थानीय तहले आफना नागरिक लिन सीमा क्षेत्रमा सवारी साधन पठाउने व्यवस्था मिलाएको थियो र लगेर क्वारेन्टिनमा राख्ने गरिएको थियो । तर पछिल्लो समय स्थानीय तहले सीमा क्षेत्रमा आइपुगेका नागरिकहरूलाई क्वारेन्टिनसम्म आफैं लैजान छाडेको छ । यसले गर्दा भारतका विभिन्न स्थानबाट आएकाहरु सोझै घरमा पुग्ने गरेका छन् ।

‘कसैले क्वारेन्टिन छ भन्छन्, कसैले छैन भन्छन्’ हैदराबादबाट आएकी बर्दियाकी निर्मला चलाउने भनिन् ‘अब आफ्नै घरमा गएर बस्ने हो ।’

बर्दिया शान्तीबजारका हिक्मत चलाउने पनि स्थानीय तहमा क्वारेन्टिन नहुँदा घर जानुपर्ने बाध्यता रहेको बताउँछन् । ‘क्वारेन्टिन नै नभए हामी कहाँ बस्ने ? यहाँबाट सोझै घर जानुको विकल्प छैन’ उनले भने ।

शुक्रबार सीमा नाकामा भेटिएका अधिकांशले सोझै घर जाने बताएका छन् । तर, कोरोना भाइरसको परीक्षण बिनै घर जानु जोखिमपूर्ण हुने त्रिनगर सीमा सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्ला बताउँछन् । ‘घर त भन्ने मात्रै हुन्, यहाँबाट गएपछि सोझै समुदायमा हेलमेल हुन्छन्’ उनले अनलाइनखबरसँग भने ‘अहिले भारतबाट आउनेहरू सोझै समुदायमा जानु भनेको जोखिमपूर्ण नै हुन्छ ।’

उनका अनुसार पछिल्लो केहीदिन यता भारतबाट आउनेहरूको संख्या बढेको छ । बिहीबार मात्रै ८ सय बढी नेपाली भारतबाट आएको उनले जानकारी दिए । शुक्रबार त्यो संख्या थप बढेको छ । शुक्रबार १ हजारको हाराहारीमा नेपाली नेपाल भित्रिएका छन् । ठकुल्लाका अनुसार साउनमा मात्रै ६ हजार बढी नेपाली नेपाल भित्रिएको बताए ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालीहरु घर फर्किने क्रम फेरि बढेको उनले बताए । भारतबाट आउनेहरू सोझै घर पुग्दा अवस्था असामान्य बन्नसक्ने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ड.। गुणराज अवस्थीले बताए ।

भारतबाट आउनेहरूलाई विगतमा जस्तो अनिवार्य क्वारेन्टिनमा राख्न आवश्यक रहेको भन्द्यै उनले भने, ‘स्वास्थ्य परीक्षण गर्नुपर्छ र संक्रमण पुष्टि नभएकाहरुलाई घर जान दिनुपर्छ । यस्तो गरिएन र सीमाबाटै सोझै घर पुग्न थाले भने समुदायमा कोरोना संक्रमण फैलिनसक्छ ।’

शनिबार, साउन २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.