धनगढी २३ साउन- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷०७६ महालेखा प्रतिबेदन प्रदेशसभामा पेश गर्ने भएको छ । प्रदेश प्रमुख समक्ष पेश भएको सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७५र०७६ को बार्षिक लेखा परीक्षण प्रतिवेदन २०७७ प्रदेशसभामा पेश गर्ने मन्त्रीपरिषदको बैठकबाट पारित गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकबाट सुदूरपश्चिम प्रदेशको बतावरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक–२०७७ को मस्यौदा स्वीकृत गरेको छ । यस्तै प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक तर्जुमा गर्न प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा छलफल गरी पास गरेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको स्वकीय सचिवालयले दिएको जानकारी अनुसार बैठकले भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले नै पेश गरेको बीउ विजन सम्बन्धि ब्यवस्थागर्न बनेको विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
यस्तै सोही मन्त्रालयले प्रदेशमा दुग्ध विकास बोर्डको स्थापना र व्यबस्थापन गर्न बनेको विधेयकको मस्यौदा स्वीकृत गर्दै सो विधेकलाई प्रदेशसभामा पेश गर्न अनुमती प्रदान गरेको छ । मन्त्रीपरिषद बैठकले व्यबसायीक तथा सीप विकास तालिम केन्द्र धनगढी र महेन्द्रनगरको दरबन्दी सम्बन्धमा छलफल गर्दै स्वीकृती प्रदान गरेको छ । यस्तै संघीय सरकारको नीतिअनुसारझै प्रदेश मातहतका कर्मचारी वर्गको रजिष्ट्रेशन दस्तुर सम्बन्धको प्रस्ताव पनि पास गरेको छ ।