धनगढी, २२ साउन- सुदूरपश्चिम प्रदेश सभाको बिहिबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । विशेष कारण जनाउँदै बैठक बिहीबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख अर्जुन थापाका अनुसार प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टको सम्बोधनको कार्यक्रम तय गरिएको थियो । मुख्यमन्त्री भट्टले अन्तिम समयमा आएर सम्बोधन गर्न तयारी नपुगेको भन्दै टारेको कारण बैठक स्थगित गरिएको हो । बिहीबार दिउँसो ३ बजेका लागि निर्धारण गरिएकोे बैठक स्थगित गरिएको हो । स्थगितको सुचना सबै संसदलाई मोवाईलमा म्यासेज गरी संसद स्थगितको सुचना दिईएको छ ।
मुख्यमन्त्री भट्टले प्रदेश सभामा सम्बोधन गर्न लगातार अस्विकार गर्दै आएका छन् । अघिल्लो बैठ्कहरुमा प्रतिपक्षद्धारा मुख्यमन्त्रीबाट जफाव मागेका थिए । यस्तै सत्ता पक्षकै सासंदहरुले पनि प्रदेश सरकार सुस्त भएको र प्रदेश सरकार बारे सोच्नु पर्ने बेला आएको भन्दै प्रदेश सभामा सरकारको आलोचना गरेका थिए ।साउन २० गते बसेको कार्यव्यवस्था तथा परार्मश समितीको बैठ्कले पनि मुख्यमन्त्री भट्टलाई सभामा सम्बोधन गर्न निर्णय गरेको थियो ।
गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले कोरोना नियन्त्रणमा गरिएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, पिसिआर चेकजा“चको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै सदन अवरोध गरिरहेका थिए । सभामुख थापाले भने –‘२७ दिनपछि बैठक शुरु भएपछि पहिलो दिन प्रमुख प्रतिपक्षी दलको नेताले विशेष समयमा सम्बोधन गर्ने र अर्को दिन प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने सहमति भएको थियो ।’ उनका अनुसार बैठकमा मंगलबार पेश गरिएका तीन वटा विधेयकमाथि सामान्य छलफल गरि विषयगत समितिमा पठाउने पनि कार्यसूचि रहेको थियो । सभामुख थापाले अर्को बैठक २५ गते दिउ“सो ३ बजे आह्वान गरिएको जानकारी दिए ।
मुख्यमन्त्री भट्टले भने सभा जवाफ दिन अस्विकार गरी रहेको छन् । अर्को बैठक यही साउन २५ गते दिउँसो बजे बस्ने गरी निर्धारण गरीएको छ ।