काठमाडौँ, २० साउन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार पीसीआर परीक्षणका लागि अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
अख्तियारका १ सय ८२ जनाको स्वाब संकलन गरिएको र १५ जनामा संक्रमण देखिएको महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेले बताए। उनका अनुसार संक्रमितमध्ये अधिकांश सुरक्षाकर्मी छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गरिने महाशाखाले जनाएको छ।