धनगढी, २० साउन/धनगढीको मोहना नदीमा बेपत्ता भएका दुई किशोर मृत अबस्थामा भेटीएका छन् । गत आईतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको सव फेला परेको हो ।
धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का टप्पुस्थित मोहना नदीमा आइतबार दुबै जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
१५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव घटना स्थलभन्दा करीव ३ किलोमीटर तल सशस्त्र प्रहरीको टोलीले फेला पारेको धनगढी उपमहानगरपालिका–१३ का अध्यक्ष बिजय जोशीले बताए ।