दार्चुला, १९ साउन/ जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।
दार्चुलाको व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोख्रेलले जानकारी दिए ।
श्वास फेर्न गाह्रो भएको र ज्वरो आइरहेको भन्दै उनी आइतबार अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो ।
‘स्वाब संकलन गरेर डडेल्धुरा प्रयोगशालामा पठाइएको छ’ उने भने‘ रिर्पोट आएपछि मात्रै शवको व्यवस्थापन गर्छौै ।’
दार्चुलामा अस्पताल भर्ना भएका व्यक्तिको मृत्यु, स्वाब संकलन गरियो
दार्चुलामा अस्पताल भर्ना भएका व्यक्तिको मृत्यु, स्वाब संकलन गरियो