धनगढी १९ साउन धनगढी उप–महानगरपालिका–१३ का दुई युवा मोहना नदीमा बेपत्ता भएका छन् । आईतबार दिउँसो मोहना नदीमा पौडि खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बेपत्ता हुनेमा उप–महानगरपालिका–१३ श्रीलंकाका १२ वर्षीय अरुण चौधरी र १५ वर्षीय सन्दिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए। उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ।