कैलाली, १७ साउन/शनिबार सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाव परिक्षण गरिएको थियो । जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
२४ घण्टाको अवधिमा संक्रमण पुष्टी भएकाहरुमा १० महिला र १७ पुरुष गरी गोदावरीका २७ जना, १ महिला र २ पुरुष गरी भजनीका ३ जना, बझाङको मष्टा १ महिला र १ पुरुष गरी २ जना, छबिस पाथिभेराका २ पुरुष र १ महीला गरी ३ जना, दुर्गाथलीका २ महिला र १ पुरुष गरी ३ जना, थलाराका ५ पुरुष र ५ महिला गरी १० जनामा, जयपृथ्वी नगरपालिकाका ५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
शनिबार बझाङ र कैलालीका ५३ जनामा कोरोना पुष्टि
शनिबार बझाङ र कैलालीका ५३ जनामा कोरोना पुष्टि