धनगढी, १७ साउन/ देशभर मनसुनी वायुको प्रभाव रहेका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आज पनि बर्षा भईरहेको छ। मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही प्रदेशका केही स्थानहरु हल्का देखि मध्यम बर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।