कैलाली, १६ साउन/शुक्रबार सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ७१ स्वाव परिक्षण गरिएको थियो । जसमा कैलालीका २३, बझाङका २ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
२४ घण्टाको अवधिमा संक्रमण पुष्टी भएकाहरुमा ८ महिला र ८ पुरुष गरी धनगढीका १६ जना, १ महिला र ६ पुरुष गरी टिकापुरका ७ जना, बझाङको मष्टा गाउँपालिकाका १ जना र छबिस पाथिभेरा गाउँपालिका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका एक जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
सुदूरपश्चिममा शुक्रबार थप २६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा शुक्रबार थप २६ जनामा कोरोना पुष्टि