कैलाली, १६ साउन/सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । यसभन्दा अगाडि आर्थिक बर्ष २०७७÷०७८ को बजेट तथा निति कार्यक्रम पास भई बैठक स्थगित भएको थियो । मंगलबारदेखी बस्ने बैठ्कले प्रदेशसभामा पेश भएका र विषयगत समितिमा छलफल भएका विधेयकहरुलाई अघि बढाउने छ । प्रदेश बालबालिका विधेयक, प्रदेश लोकसेवा विधेयक र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयकले सभामा प्रवेश पाउने प्रदेश सभा सचिवालयले जनाएको छ ।
भरखरै महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको प्रतिवेदनमा छलफलको बिषयमा भने अन्यौलता देखीएको छ । सचिवालयका सूचना अधिकारी धनबहादुर सेरपुंजा पुनले कार्य परामर्शको बैठ्क नबसेको कारण महालेखाको प्रतिवेदनले प्रवेश पाउने नपाउने भन्ने बिषयमा एकीन नभएको बताए ।
सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबार बस्दै, महालेखाको प्रतिवेदनको विषयले प्रवेश नपाउने
सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबार बस्दै, महालेखाको प्रतिवेदनको विषयले प्रवेश नपाउने
