धनगढी, १६ साउन- रोटरी क्लब अफ धनगढीले बाढी पीडित क्षेत्रका लागी राहत सामाग्री हस्तान्तरण गरेको छ । क्लबले आज भजनी क्षेत्रका बाढी पीडितका लागी जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत खाद्यान्न सामग्री हस्तान्तरण गरेको क्लबका निबर्तमान अध्यक्ष हरिशंकर ठाकुरले बताए । उनले १ हजार प्याकेट टाइचिन चिउरा, १७ पेटि चाउचाउ, १० पेटि बिस्कुट र २ हजार बोतल मिनिरल वाटर प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई हस्तान्तरण गरेको बताए ।
राहत सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी बोहराले क्लबले गरेको सहयोग प्रती धन्यवाद दिए । उनले सम्भव भए आजै नभए भोली बिहानै बाढी पीडित क्षेत्रमा उक्त सामाग्री पठाइने बताए । प्रमुख जिल्ला अधिकारी बोहराले अन्य संघसंस्थाहरुलाई समेत बिपदमा परेकाहरुलाई सहयोग गर्न अपिल गरे ।