धनगढी, १५ साउन- बिहीबार संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफुलाई काट्ने धम्की दिएको बताए । तर उनले आफूलाई धम्की कसले दियो भन्ने बिषयमा खुलाएनन् ।
‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस भने तेरो टाउको काटिन्छ । शब्दै यही छ ।’ ‘अनि मैले भाइ तपाईले सम्झौता पढ्नुभएको छ, भनेँ, किन पढ्नुर्पयो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भने’ भन्दै धम्की दिएको मन्त्री भट्टले बैठ्कमा राखे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन ।
स्रोतका अनुसार मन्त्री भट्टलाई धम्की दिने पुर्व माओवादीका सक्रीय कार्यक्रर्ता रहेको खुलेको छ । भट्ट प्रचण्ड लाइन छोडेर ओली तर्फ लागेको भन्दै नेकपाका जिल्लास्तरकै नेताले धम्की दिएको स्रोतको दाबी छ ।
पछिल्लो समय उनलाई ओली गुटका बलीयो खम्बाको रुपमा लिने गरिन्छ भने खुल्ला रुपमा ओलीको बचाउ गर्दै आएका छन् । लामो समयसम्म सुदूरपश्चिमबाट एनेकपा माओवादीको प्रतिनिधित्व गरेका भट्ट मन्त्री हुने बितिक्कै केपी ओलीको सर्मथन गर्दै आएका थिए । उनलाई सुदूरपश्चिममा पुर्व माओवादीका प्रभावशाली नेताका रुपमा लिईन्छ ।