धनगढी, १५ साउन
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढीमा बाढी र डुवानबाट हुन सक्ने क्षति घटाउनका लागि जनप्रतिनिधीहरु फिल्डमा खटिएको बताएकी छन् ।
उप–महानगरपालिकाका जनप्रतिनिधीहरु बाढी र डुवान भएको ठाउँमा पुगेर काम गरिरहेका छन् बिहीबार नगरस्तरीय बिपद ब्यबस्थापन समितिको बैठकमा बोल्दै उप–प्रमुख भट्टले भनिन्, धनगढीमा डुवान भएका ठाउँमा पानी निकासको समस्या छ । ‘१९ वटै वडाका वडा अध्यक्षहरु समेत सहभागि भएको बिपद ब्यबस्थापन समितिको बैठमका वडामा डुवानको अवस्थाका बारेमा जानकारी लिने काम भएको छ’ उप–प्रमुख भट्टले भनिन्, ‘पूर्बी कैलालीका स्थानीयतहको जस्तो अवस्था धनगढी उप–महानगरपालिकाको होईन । तर पनि पूर्व सर्तकता अवश्यक भएकाले हामीले नगर र वडा स्तरीय बिपद ब्यबस्थापन समितिलाई सक्रिय बनाएका छौं ।’

डुवान भैरहेका ठाउँमा उप–महानगरपालिका जेसिवी र सरसफाई शाखाका कर्मचारी र स्वयं जनप्रतिनिधीहरु पुगेर पानीको निकास गराउने काम भैरहेको उप–प्रमुख भट्टले बताईन । धनगढी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले धनगढीमा डुवानले बिपद सिर्जना गर्न सक्ने भएकाले सबै सचेत हुनुपर्ने बताए । ‘अहिले पानीको निकास नहुदा समस्या हो प्रवत्ता मुडभरीले भने, ‘मोहना नदीको सतह बढेमा धनगढी डुवानमा पर्न सक्छ ।’

नगरस्तरीय बिपद ब्यबस्थापन समितिका संयोजक प्रेम सिं बिकले ६ लेन सडक निर्माण भएपछि वडा नं ३ , ४ र २ मा पानी निकास नहुदा समस्या भएको बताए । बैठकमा वडा अध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधीहरु, नेपाल रेडक्रस सोसाईटी कैलालीका प्रतिनिधी, मर्सिकोर, फया नेपालका प्रतिनिधी रहेका थिए ।
