• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विपद दुर्घटना विमा रकम भुक्तानीको व्यवस्था गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत १४ साउन- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पछिल्लो समय कर्णाली प्रदेशको विभिन्न ठाउँमा अविरल वर्षासंगै गएको पहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई र जनधनको क्षति व्योहोरेका परिवारहरुलाई विपद दुर्घटना विमा रकम भुक्तानीको व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।

पछिल्लो केहि दिन यता कर्णाली प्रदेशको कालिकोट, रुकुम पश्चिम लगायत प्रदेशका विभिन्न जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति मुख्यमन्त्री शाहीले गहिरो दुख व्यक्त गरेको मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव खेम बहादुर सिँङले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

प्रमुख स्वाकिय सचिव सिँङले जारी गरेको शोक विज्ञप्तीमा भनिएको छ ‘मिति २०७७ साल साउन १४ गते गएको पहिरोमा परी कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा ९ जना, साउन १३ गते रास्कोट नगरपालिकामा १ जना, रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा २ जनाको दुखद निधन भएको र रास्कोट नगरपालिकामा ५ जना अझै वेपत्ता भएको खवरले माननीय मुख्यमन्त्रीज्यू स्तव्ध हुनुहुन्छ,।’

मुख्यमन्त्री शाहीले प्राकृतिक विपदका कारण ज्यान गुमाएका सवैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । विपद् प्रभावित परिवारहरुको पिडा आफुलाई गहिरोसंग महशुस भएको वताउदै मुख्यमन्त्री शाहीले घाईते सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

‘मुख्यमन्त्री शाहीले विपद प्रभावितहरुको उद्धार, राहात, पुनस्र्थापना एवं मृतकका परिवारलाई प्रदेश सरकारद्धारा गरिएको विपद दुर्घटना विमा रकम भुक्तानीको व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन भईसकेको छ,।’ मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव खेम बहादुर सिँङले शोक विज्ञाप्ती मार्फत जानकारी दिएका हुन् ।

बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भईरहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिमबाट बच्न सबैले आ–आफ्नो तहबाट सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका लागि व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई निर्देशन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विपद्को सूचना पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, सूचना सम्प्रेषण गर्ने सञ्चारकर्र्मी एवं स्थानीय जनतालाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरेका छन् ।

बुधबार, साउन १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.