कैलाली, १४ साउन/ नेपाली काग्रेंस कैलालीले सांगठनिक इकाई तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरुले बाढीग्रस्त क्षेत्रमा उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित हुन गएका परिवारहरुको पुनस्र्थापनका लागि सांगठनिक इकाई तथा भ्रातृ एवं शुभेच्छुक संघ संस्थाहरु संग आग्रह गरेको छ ।
नेपाली काग्रेंस कैलालीका पार्टी सभापति नरनारायण शाहले बिज्ञप्ती जारी गर्दे बाढी प्रभावित जनताको उद्दारमा लाग्न अपिल समेत गरेका हुन । कैलालीका विभिन्न क्षेत्रमा मंगलबार रातीदेखी आएको अविरल बर्षाले ठुलो जनधनको क्षति प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ ।
कांग्रेसले विपतको यस घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न अपिल समेत गरेको छ ।
यस्तो छ नेपाली कांग्रेस कैलालीको अपिल
अत्यन्त जरुरी सुचना : नेपाली काँग्रेस, कैलाली मातहतका सम्पुर्ण सांगठनिक इकाई तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरुले बाढिग्रस्त क्षेत्रमा विपत्तको जोखिमपूर्ण अवस्थामा रहेका संकटासन्न समुदायहरुको तत्काल राहत तथा उद्दारको कार्यमा सक्रिय भई सहयोग गर्नुहुन आग्रह गर्दछौं । जय नेपाल ! सुचनाको लागि : मोबाइल नं : 9866226555 / 9825690898. (कृपया सुचना प्रवाहगर्नको लागि शेयर गरौं)