धनगढी १४, साउन/कैलालीमा बाढी पीडितको उद्धारमा खटिएको नेपाली सेनाको गाडी पल्टिएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ६ महादेउलामा बाढी पीडितको उद्धारमा खटिएको नेपाली सेनाको लु १ ग २८१ नम्मबरको गाडी बाटो नदेख्दा पल्टिएको हो।
बुधवार दिउँसो तेघरी व्यारेक बाट गएको नेपाली सेनाको गाडी पानिमा डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले डुवानमा परेकाको उद्धारमा खटिएको नेपाली सेनाको गाडी काडा नदी नजिक पल्टिएको बताए।
