धनगढी, १४ साउन/धनगढी उप–महानगरपालिका मेकानिकल सब–इन्जिनीयरको कुर्सीमा दिसा भेटिएको छ।
एक हप्ताअघि उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुखको कुर्सीमा दिसा राखेको भेटिएको थियो । मेकानिकल सव इन्जिनीयर सतविर रानाले आफु बसने कुर्सीमा दिसा राखेको बताए ।
कुर्सीमा दिसा भेटिने बित्तिकै रानाले प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा लगायतका कर्मचारीलाई खबर गरेका थिए। लगत्तै उनको कार्यकक्षमा पुगेका शर्माकै निर्देशनमा कार्यालय सहयोगी डबल चौधरीले कुर्सीको दिसा पखालेका थिए।
यता प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख नारायण प्रसाद शर्माले भने उक्त विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
गत हप्ता भेटीएको दिसा छानविनका लागी ७ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी गत साउन ९ गते प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। आउँदो साउन १६ गते समितिलाई दिईएको अवधी सकिदैछ।