• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सडक दुर्घटना : कैलालीमा वर्षेनी ६ दर्जनले अकालमा ज्यान गुमाउँदै

धनगढी, १४ साउन/सोमबार बिहान स्कुटीमा सवार २६ वर्षीय सन्तोशी बोहोराको ट्रकको ठक्करबाट मृत्यु भयो । र्मिमिरे लघुवित्त वित्तिय संस्थामा कार्यरत उनिलाई कार्यालय नजिक कैलालीको सडकपुर वौनियामा ट्रकले ठक्कर दिएको थियो । सडक दुर्घटनामा कैलालीमा वर्षेनी करिब छ दर्जनले अकालमा ज्यान गुमाइ रहेका छन् । त्यस क्षेत्रमा यस आ.व ७७/७८ को दोस्रो सडक दुर्घटना हो ।

जिल्ला ट्राफिक कार्यालय कैलालीका अनुसार आर्थिक बर्ष ७६ ७७ मा जिल्लामा १ सय ४६ सडक दुर्घटनामा ६९ जनाले गुमाए । आर्थिक बर्ष ७५/७६ मा ७० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । कार्यालयका प्रहरी निरिक्षक सरोजकुमार ठकुराठीका अनुसार आर्थिक बर्ष ७६/७७ २२ ट्रक, १७ बस, १९ जिप कार, १५ ट्याक्टर, १०३ मोटरसाइकिल र ३० वटा अन्य सडक दुर्घटनामा २०६ वटा सवारी दुर्घटना भए । सो दुर्घटनामा परी ४९ जना पुरुष, ११ जना महिला, ८ बालक र १ बालिकाले ज्यान गुमाए ।

सरकारले पूर्ण रुपमा गरेको लकडाउनमा सडक दुर्घटना र ज्यान गुमाउने संख्या भने तुलनात्मक रुपमा बढी रह्यो । विश्व महामारीको रुपमा फैलिएको कोरोना १९ का कारण सरकारले चैत्र ११ गते देखि लकडाउन गरे तापनि सो अवधीमा सामान्य अवस्था भन्दा बढी सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कैलालीको भनाई छ । यस अवधीमा भएका ४० वटा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा १६ जना पुरुष, ३ महिला र ३ जना बालक रहेका छन् । “जिल्लामा सवारी चाप बढी रहेको छ,” प्रहरी निरिक्षक ठकुराठीले भने “मानिसहरुमा ट्राफिक नियम सम्बन्धी जनचेतना कमीका कारण सडक दुर्घटना बढी भई रहेको छ ।”

लाईसेन्स विना सवारी चलाउनु, तिब्र गतिमा गाडी चलाउनु, मादक प्रदाथ सेवन गरी सवारी चलाउनु सामान्य रुपमा पनि ट्राफिक नियमको पालना नगर्नु सडक दुर्घटनाको मूख्य कारण भएको शिक्षाविद् बद्री लम्सालको भनाई छ । ट्राफिक प्रहरी मात्र भएर होइन, ट्राफिक नियमको पालना गरी सवारी चलाए सवारी दुर्घटनामा कमी हुने उहाँको भनाई छ ।

“अपरिपक्क चालकहरु न्यून तलबमा काम गर्छन,” शिक्षाविद् लम्सालले भने, “तीनीहरुमा सवारी मालिकको हो, दुर्घटना भई हाले १५(२० दिन मात्र सजाय हुन्छ, भन्ने सोचका कारण लापरवाही तवरले सवारी चलाउदा अप्रिय घटना हुन्छ ।” साथै पैदल यात्रुले समेत सडक पार गर्दा ट्राफिक नियम ध्यान दिनु पर्ने र स्थानीय सरकारको समेत जनतामा जनचेतना जगाउने काम गर्नुपर्ने शिक्षाविद् लम्सालको सल्लाह छ ।

बुधबार, साउन १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.