काठमाडौं १४ साउन/ नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दललाई आज मास्क र अन्य स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।
तरुण दलको महानगर इकाइलाई उनले आज ५ हजार थान मास्क र हात धुने सामग्री वितरण गरेकी हुन।
मुलुक कोरोनाको चपेटामा अझै पनि रहेकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न उनले दलका कार्यकर्तालाई आग्रह गरीन् ।
तरुण कार्यकर्ताहरु जनताको घरदैलोसम्म पुगेर काम गर्नुपर्ने भएकाले पहिले उनीहरु सुरक्षित रहनु पर्ने देउवाको भनाई थियो ।
आफू सुरक्षित रहेर नागरिकलाई सचेतना कार्यक्रम सञ्चालन गर्न देउवाले आग्रह गरेको तरुण दल महानगरका सरिन घिमिरेले जानकारी दिए ।
