काठ्माडौं, १३ साउन/स्थायी कमिटिको बैठक भनिए पनि पार्टीको पहिलो मर्यादाक्रममा रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरे पछि बसेको नेकपाका नेताहरुको भेलामा हात हालाहालको परिस्थिती श्रृजना भएको छ।
स्रोतका अनुसार आजको भेलालाई पार्टीको आधिकारिक बैठक भन्न नमिल्ने र दुबै अध्यक्षद्धयलाई मिलेर बैठक संचालन गर्न सुझाव दिने प्रस्ताव तयार गर्नु उपयुक्त हुने कृषिमन्त्री घनश्याम भुषालले भेलामा विचार व्यक्त गरे। घनश्यामको उक्त सुझाब माथी बेदुराम भुषालले आपत्ति जनाए। एक जना अध्यक्षले बैठक स्थगित गर्दा स्थगित हुने भने यो केको सुझाब भनि घनश्याम माथि प्रश्न गरे। घनश्यामले बेदुरामलाई पहिले कुरा सुन्न अनुरोध गरेकोमा बेदुरामले कुरा सुन्दिन भनेर चिच्याउन थाले पछि घनश्यामले चिच्याउने भए म पनि तपाईको कुरा सुन्दिन भन्ने जवाफ फर्काए।
घनश्यामको उक्त जवाफ सुन्ने वित्तिकै बैठकमा उपस्थित रघुजी पन्त एकाएक आक्रोसित भई घनश्याम माथि आक्रमणको प्रयास गरे। भेलामा उपस्थित नेताले पन्तलाई रोकेका कारणले उनि घनश्यामसम्म पुग्न असफल भए, जस्को कारणले अप्रिय घटना भने घट्न पाएन।