• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बित्थडचिर गाउँपालिकाको सार्वजनिक सुनवाइ सम्पन्न

कैलाली, १३ साउन/बझाङको बित्थडचिर गाउँपालिकाको आर्थिक बर्ष २०७६/०७७ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकामा भएका सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकामा आर्थिक बर्ष ०७६/७७ को बार्षिक कामहरु बारेको प्रगति प्रतिवेदन, आयव्यय प्रस्तुत गरिएको थियो । गाउँपालिकाले भौतिक पूर्वाधार तर्फ सडक, खानेपानी, वडा स्वास्थ्यका भवन लगायतका विभिन्न संरचना निर्माण सम्बन्धि, कृषि, पर्यटन लगायतका क्षेत्रमा संचालित कार्यक्रम, गाउँपालिकाको गुरुयोजना निर्माणको काम, सेवाग्राही नागरिकलाई गरिएको सहयोग, विभिन्न तालिम, गाउँपालिकाका तर्फबाट भएका अध्ययन अवलोकन भ्रमण लगायतका विषयमा प्रतिवेदनमा समावेश गरी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिकामा निमार्ण भएका ६ ओटा वडा स्वास्थ्य भवन मध्ये ३ ओटा भवनको भुक्तानि नपाएको भन्दै गुनासो राखेका थिए । यस्तै सडक तथा विभिन्न पूर्वाधार निर्माणका क्रममा ठेकेदारहरुले लामो समयसम्म काम नगरेको विषयमा ध्यानाकर्षण गराएका थिए ।
यसका साथै स्थानीय कृषक हरिदत्त अवस्थिले कृषिमा गाउँपालिकाले ध्यान दिन नसकेको गुनासो राखेका थिए । उनले बिउ विजन समयमा उपलब्ध नभएको, कृषि उत्पादनको बजार व्यवस्थापन नभएको, प्राकृतिक प्रकोपबाट कृषिमा भएको क्षतिको क्षतिपुर्तिको व्यवस्थापन लगायतका माग गरेका थिए । यस्तै क्वारेन्टिन व्यवस्थापनमा खटीएका जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुले भत्ता नपाएको बारे पनि सार्वजनिक सुनुवाईका क्रममा प्रश्न उठेको थियो ।
सो क्रममा सहभागीका जिज्ञासा, सल्लाह सुझावलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले स्वास्थ्य भवनको भुक्तानिको बिषयमा माथिल्लो निकायमा पहल भइरहेको बताए । उनले भवन निमार्ण कार्य समयमै सम्पन्न नभएको कारण भुक्तानिमा ढिलाई भएको बताए । यस्तै गाउँपालिकामा सडक तथा विभिन्न पूर्वाधार निर्माणका कतिपय भुक्तानिहरु बाकी रहेकोले भदौ देखी काम सुरु हुने बताए ।
उनले कृषि क्षेत्रको विकास तथा कृषकमा समस्या समाधान गर्न गाउँपालिका सधै तयार रहेको बताउदै आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताए । यस्तै क्वारेन्टिनमा खटिएका जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरुले पनि दैनिक हाजिरीको आधारमा भत्ता पाउने जानकारी गराए । अध्यक्ष बोहराले बित्थडचिर गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख खडक बहादुर खड्काले जिल्लाको प्रवेशद्धार बित्थडचिर गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले विकास निमार्णको सवालमा गाउँपालिकाले उत्साहजनक प्रगती गरेको बताए ।
सार्वजनिक सुनुवाईमा सहजीकरण पत्रकार महासंघका जिल्ला अध्यक्ष जगदिश रोकाया र पत्रकार रमेश केसीले गरेका थिए । कार्यक्रमको औपचारीक उद्घाटन जिल्ला समन्वय समिती प्रमुख खडक बहादुर खड्काले गरेका थिए ।
सार्वजनिक सुनुवाईमा स्थानिय जनप्रतिनिधी, विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार लगाएत स्थानियहरुको सहभागीता रहेको थियो ।

मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.