कालिकोट
विश्व कोरोना भाइरसका कारण प्रभावित भईरहेका बेला नेपालमा पनि त्यसको प्रभाव परे सँगै नेपाल सरकारले कोरोना भाईरस नियन्त्रण गर्नको लागि लामो समय सम्म लकडाउन गरेको थियो ।
त्यहि लकडाउनको कारण विभिन्न संघ सस्था र वित्तिय, सहकारी संस्थाहरुले लामो समय देखि आफ्नो व्यापार गर्न सकिरहेका छैनन् । यो अबस्थामा कालिकोटका एक जना घरबेटिले महिला सहयात्रा लघुवित्त वित्तिय संस्थालाई एक महिनाको घर भाडा छुट गरेका छन् ।
तिलागुफा नगरपालिका वडा नं. १ का मदन प्रसाद उपाध्यायले सो संस्थालाई एक महिनाको घरभाडा छुट गरेको महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाका साखा कार्यालय प्रमुख महनबिर शाहीले जानकारी दिए ।
लामो समयको लकडाउनका कारण संस्थालाई भाडा तिर्नको लागि असहज भएका कारण मनकारी घरबेटि उपाध्यायले एक महिनाको घरभाडा छुट गरेर संस्थालाई धेरै ठुलो सहयोग पुगेको सस्थाका कार्यालय प्रमुख शाहीले जानकारी दिए ।
घरबेटि उपाध्याय शिक्षण पेसामा आवद्ध छन् , लामो समय देखि लकडाउनले देशलाई धेरै आर्थिक नोक्सानि भएको कारणले आफुले सस्थालाई पनि त्यो असर नपरोस भनेर एक महिनाको घरभाडा छुट दिएको जानकारी दिएका छन् । आफ्नो श्रीमतीले पनि व्यापार गरिरहेको हुनाले यो विचमा व्यापारमा कत्तिको असर पार्यो भन्ने आफुलाई सबै जानकारी भएकोले संस्थालाई एक महिना भएपनि सौलियत दिएको घरबेटि उपाध्यायले सुदुरपत्र सँग भनेका थिए
