धनगढी, १२ साउन- नेपाली काँग्रेसमा तिन सय बढी अन्यपार्टी छोडेर तथा नयाँ प्रबेसीहरु प्रबेश गरेका छन् । उनीहरुलाई सदस्यता बितरण गरेको छ ।
सोमबार गौरीगंगा नगरकार्य समितिकोले चौमालको मोहन्याल मन्दिरमा कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रमको आयोजना गरी नयाँ प्रेबसीहरुलाई काँग्रेसको सदस्यता प्रदान गरिएको हो ।
नेपाली काँग्रेसका कैलाली सभापति नरनारायण शाहले सबै प्रवेशीहरुलाई सदस्यता प्रदान गरेका हुन् । गौरीगंगा क्षेत्रका रमेश धामी लगाएतका तिन सय जना काँग्रेस प्रबेश गरेका हुन् ।