• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कमजोर बन्दै छ ओली प्रधानमन्त्रीमा टिकिरहने आधार

काठमाडौँ– केपी शर्मा ओली प्रधानमन्त्री पदमा टिकिरहने सम्भावना कमजोर बन्दै गएको छ।

पहिलो नेकपाकै समर्थन प्रधानमन्त्रीमा निरन्तर रहने, त्यो सम्भावना नभए दोस्रो विकल्पका रुपमा दल फुटाएर भने पनि कांग्रेससँग मिलेर सरकार टिकाउने दुवै सम्भावना कमजोर बन्दै गएको हो।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिए पनि उनी टसमस भएका छैनन्।

नेकपाभित्र विवाद चर्किएर पार्टी विभाजन हुने संघारमा पुगेपछि गत असार १७ गते राति प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका थिए।

उक्त भेटमा पार्टीभित्रको किचलो बढ्दै गए आफूले नेकपा विभाजन गर्ने र त्यस्तो अवस्थामा सरकारलाई समर्थन गर्नुपर्ने प्रस्ताव ओलीले देउवा समक्ष राखेका थिए। जवाफ देउवाले आफू सहयोग गर्न तयार रहेको बताउँदै त्यो दिन बालुवाटारबाट फर्केका थिए।

लगत्तै देउवा आफू निकट नेताहरुसँग ओलीले नेकपा विभाजन गर्ने र बन्ने सरकारमा कांग्रेस पनि सहभागी हुने ब्रिफिङ गरेका थिए।

असार १७ गते र त्यसपछि भएका भेटलाई ओली र देउवा दुवै पक्षले सत्ता र प्रतिपक्षीको स्वभाविक भेट भन्दै आएका छन्। मध्यर असारमा सत्ता सहकार्यका लागि तयार भएका देउवा झण्डै एक महिनाको बीचमा फेरिएका छन्।

कांग्रेस स्रोतका अनुसार नेकपा विभाजन भएर ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने आश्वासनबाट कांग्रेसपछि हटेको छ। भारतसँग तिक्त सम्बन्ध बनाएका ओलीको बहिर्गमन होस् भन्ने उसको पनि चाहना छ।

कांग्रेस स्रोतले देश सञ्चारसँग भन्यो, ‘नेकपा विभाजन भएको अवस्थामा ओलीलाई समर्थन गर्न सकिँदैन। उनीसँग सहकार्य नगर्न भारतले निरन्तर दबाब दिइरहेको छ। सम्भवत कांग्रेस त्यसैअनुसार अघि बढ्छ।’

नेकपाभित्रैबाट राजीनाका लागि परेको दबाब एक महिनाको अवधिमा केही समय मत्थर भए पनि पछिल्ला केही दिनयता फेरि सशक्त बन्न थालेको छ। पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट बहिर्गमन गराउने रणनीतिका साथ अघि बढेको उनीहरु निकट दोस्रो तहका नेताहरु बताउँछन्।

दाहाल नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ भने पनि कम्तिमा प्रधानमन्त्री पदबाट छाड्नै पर्ने बाध्यकारी अवस्था आउने नेपाल निकट एक नेताले बताए। सहमतिबाट नभए बहुमतबाट निर्णय गरेर ओलीलाई हटाउने तयारीका साथ दाहाल नेपाल अघि बढेका छन्।

शुक्रबार पुष्पलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा दाहाल नेपालले ‘पार्टी विधिका आधारमा चल्नुपर्ने र बहुमतको निर्णय सबैले स्वीकार गर्नुपर्ने’ भन्दै ओलीविरुद्ध खनिएका थिए। उक्त दिन दाहालले पार्टी एकतामा देखिएको संकट नटरेको र ओलीकै सक्रियतामा एमाले निर्वाचन आयोगमा दर्ता भएको दाबी गरेका थिए।

प्रचण्ड नेपालको आक्रामकता बढ्नुमा पनि पार्टी विभाजन भए ओलीले कांग्रेसको सहयोग नपाउने निष्कर्ष नै मुख्य कारण रहेको स्रोतको दाबी छ।

ओलीलाई नेपालको चेतावनी : बहुमतको निर्णय मान्दिन भन्न पाइँदैन, अन्यथा पतन निश्चित छ

‘कांग्रेस नेकपाको दुवै पक्षसँग छलफलमै छ। तर ओली पक्षलाई सहयोग नहुने निश्चित भएपछि उहाँहरुको आक्रामकता बढेको हो,’ स्रोतले देश सञ्चारसँग भन्यो। कांग्रेसले सहयोग नगरेको अवस्थामा ओली पार्टी विभाजनका लागि तयार हुँदैनन् भन्ने विश्लेषण दाहाल नेपाल पक्षको छ।

मंसिरमा अर्ली महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने र त्यसका लागि जबज स्वीकार गर्नुपर्ने ओलीको प्रस्तावलाई दाहालले अस्वीकार गरेका छन्। एक महिनाअघि ९असार १०० सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको एजेण्डा प्रवेश गरेसँगै बन्धक बनेको छ।

स्थायी समिति बैठक असार १८ गतेदेखि स्थगित गरेर शीर्ष नेताहरु विवाद समाधानका लागि छलफलमा जुटे पनि सहमतिको कुनै विन्दु पहिल्याउन सकेका छैनन्। शीर्ष नेताहरुबीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप बढेको छ भने गुटगट भेला पनि योजनाबद्ध रुपमा हुन थालेका छन्।

मंगलबार सम्मका लागि स्थगित भएको स्थायी समिति बैठक सहमतिका साथ अघि बढ्ने अवस्था नआए बहुमतबाट निर्णय गर्ने तयारी दाहाल नेपाल पक्षले गरेको छ। उनीहरुको पक्षमा ४४ स्थायी समिति सदस्यमध्ये ३० हाराहारी रहेका छन्।

सोमबार, साउन १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.