काठमाडौं, ११ साउन/प्रदेश नम्बर १ प्रहरी कार्यालयमा कार्यरत १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश प्रहरी कार्यालय रानी विराटनगर स्रोतका अनुसार व्यारेकमा बस्दै आएकासहित १९ जनामा कोरोना पुष्टि भएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले पनि यसको पुष्टि गरेका छन्।
संक्रमित प्रहरीको उपचारका लागि मोरङकै गोठगाउँस्थित आइसोलेसन अस्पतालमा लगिएको छु, उनले भने, ुप्रहरीमा संक्रमण पुष्टि भएपछि कार्यालयलाई विशेष सतर्कताका साथ सफाइ थालिएको छ।ु प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १४६ जना प्रहरीको कोरोना जाँच भएको थियो। जसमध्ये १९ जना संक्रमित भेटिएका हुन्। एकै पटक १९ जना प्रहरीमा संक्रमण भेटिएपछि अन्य प्रहरीको पनि परीक्षण तयारी गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको बताएका छन्। ती २३ मध्ये १९ जना प्रदेश प्रहरी कार्यालयमा कार्यरत हुन्।
संक्रमित प्रहरीमा केही ब्यारेकमै बस्ने हुन् भने अन्य घर र डेराबाट धाउनेहरू छन्। भारतीय सीमाबाट डेढ किलोमिटर नजिकै रहेको प्रदेश प्रहरी कार्यालयमा १९ जना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाले लकडाउन गर्नेसम्मको तयारी थालेको छ।
१९ जना प्रहरीलाई कोरोना पुष्टि
१९ जना प्रहरीलाई कोरोना पुष्टि
