कैलाली, ७ श्रावण/ कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको छ । गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको खबर प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो ।
अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको बताए । अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ ।
नयाँ आव २०७७÷०७८ शुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको थियो ।
नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका थिए ।
लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा
लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा
