धनगढी, ७ साउन- जिल्लाको बुढीगंगा नगरपालिका वडा नं। १ का वडा अध्यक्ष राजेश कुमार सिंहको निधन भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सिंहको बुधबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
६८ वर्षीय वडा अध्यक्ष सिंहको बुधवार विहान घरको पुजा गर्ने तयारीमा नुहाएर आएपछि एक्कासी बेहोस भई निधन भएको प्रहरीले बताएको छ । निधनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।