धनगढी, ७ साउन- नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले धनगढीको रामजानी मान्दिरमा खानेपानी टंकी जडान गरेकिछिन् ।
धनगढीको सबैको आस्थाको केन्द्र भएको धनगढी–२ स्थित रामजानकी मदिर भएकोले दर्शन गर्न आउने श्रद्धालुलाई पिउने पानिको समस्या नहोस् भन्ने उदेश्यले त्यहा घारा र दुई हजार लिटरको टंकी जडान गरेको नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जानकारी दिईन् ।
समाजसेवा र राजनीतिमा सकृय राणा देउवाले सुदूरपश्चिमा बिभिन्न क्षेत्रमा सहयोग गर्दे आएकी हुन् । नेतृ राणा देउवाले दुई हजार लिटर पानी जम्मा हुने खानेपानी टंकी जडान जडान काम सम्पन्न भइसकेको खेम उप्रेतीले जानकारी दिए । मन्दिरमा खानेपानी टंकीमा सहयोग गरेको नेतृ देउवालाई मन्दिर व्यबस्थापन समितिले धन्यवाद समेत ज्ञापन गरेका छन् ।